पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य
पाेखरा | असार १९, २०७९
पोखरा : पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् । पोखरा सुनचाँदी व्यवसायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सहसचिवमा रविन्द्र बज्रचार्य चयन भए । त्यसैगरी सदस्यहरुमा इश्वरमान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भए ।
अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी व्यवसायीहरुले आफ्नो व्यवसायलाई मर्यादित बनाएर ग्राहकहरुलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य, नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचाँदी व्यवसायीको हकहितको बारेमा धारणाा राखेका थिए ।
दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु रहेका थिए । पोखरा सुनचाँदी व्यवसायी संघमा ४४ जना सदस्यहरु रहेका छन् भने हाल डाक्टर संजीवमान बुद्धाचार्यले नयाँ सदस्यता लिएको संघले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

